Section 4
जाँचबुझ समिति गठन गर्ने

(१) दफा ३ को उपदफा (२) बमोजिम प्राप्त प्रस्तावमा उल्लेख गरिएका कारण र आधार जाँचबुझ गर्नको लागि व्यवस्थापिकासंसदले यथासम्भव एकभन्दा बढी राजनैतिक दलको प्रतिनिधित्व रहने गरी सो सभाका आवश्यक संख्याका सदस्य र एकजना कानुनविद् रहेको बढीमा एघारजनासम्मको जाँचबुझ समिति गठन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम गठन हुने समितिमा रहने कानुनविद् सदस्यको योग्यता सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुन योग्यता पुगेको व्यक्ति सरह हुनेछ ।

(३) कानुनविद् सदस्यले आफनोे पद बहाल गर्नु अघि सभामुख समक्ष शपथ लिनु पर्नेछ ।

(४) जाँचबुझ समितिमा रहेका व्यवस्थापिकासंसदका सदस्यहरूमध्ये व्यवस्थापिकासंसदले तोकेको सदस्य जाँचबुझ समितिको अध्यक्ष हुनेछ ।

(५) जाँचबुझ समितिले सम्भव भएसम्म एकमत हुने गरी निर्णय गर्नु पर्नेछ र एकमत हुन नसकेमा बहुमतको निर्णय जाँचबुझ समितिको निर्णय मानिनेछ ।